Advertisement GIF
कल्पवृक्ष
माघ २६ शनिबार, ८:२३ पूर्वाह्न
७५ जना इन्सपेक्टर डीएसपी बढुवा सिफारिस

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेन्कटर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।