Advertisement GIF
कल्पवृक्ष
माघ २६ शनिबार, ८:३६ पूर्वाह्न
यौन दुराचारी राईलाई सजायाँ किन कम ?

आफूलाई कृषि विज्ञ भन्ने र कृषकका पक्षमा केही नगर्दै नातिनीसम्मका बालिकामाथि यौन दुराचार गर्ने मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकिए पनि त्यो धेरै कम रहेको छ ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज पेशी राखेको थियो । अदालतले एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।

आफैंले खोलेको शुभद्रा मदन फाउन्डेसनमा अध्ययनरत किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राईविरुद्ध गत वर्ष जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनले बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कसुर गरेको जिकिर गर्दै सजाय मागदावी गरिएको थियो । यी राई ढुलमुले र मानसिक रुपमा गाली र हप्की दिँदै हिड्ने गरेका थिए ।

उनलाई अदालतले दिएको सजायँ कम भएको धेरैको भनाइ छ ।