राजधानीको कमलपोखरीमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या चार जना पुगेको छ । शान्दार मःमः पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको पनि मृत्यु भएको हो ।
विस्फोटमा घाइते भएका र उपचाररत उदयपुरका २२ वर्षीय प्रदीप तामाङ,, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगरको मृत्यु भइसकेको छ ।