बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका– ९, भाटचोकमा चितुवाको आक्रमणबाट बाँके राप्ती सोनारी गाउँपालिका–५ की रचना चलाउनेका साढे दुई वर्षीय छोरा रिहान चलाउनेको मृत्यु भएको हो ।
घरदेखि झण्डै पाँच सय मिटर दक्षिणपूर्व खेतमा राति सवा ९ बजे रिहानको शव फेला परेको हो । बेलुकी ७ बजेतिर आँगनमा खेल्दै गरेका बालक हराएका थिए । त्यसको २ घण्टापछि उनको चितुवाले आक्रमण गरेर मृत रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।