भारतको राजधानी नयाँ दिल्ली रेल स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । शनिबार राति रेल स्टेसनमा भागदौड भएको थियो ।
रेल चढ्ने क्रममा भीड बढेपछि भागदौड भएको हो । मृतकको संख्या बढ्न सक्ने बताइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।