Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ४ आइतबार, १:४३ अपराह्न
प्रहरीका नायव निरीक्षक झापामा मृत भेटिए

झापा जिल्लामा नेपाल प्रहरीका नायब निरीक्षक (सइ) मृत भेटिएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका र हाल मोरङ कानेपोखरी गाउँपालिका– ७ बस्दै आएका ४९ वर्षीय सइ धनराज खतिवडा मृत भेटिएका हुन् ।

झापाको भद्रपुरमा रहेको जिल्ला प्रहरी कार्यालयको तीन तले ब्यारेक भवनको माथिल्लो तलामा उनी मृत फेला परेका हुन् । उनी झुन्डिएको अवस्थामा फेला परेको र यसको अनुसन्धान सुरु गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।