Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ५ सोमबार, ९:३१ पूर्वाह्न
बीमा प्राधिकरण : अध्यक्षमा ५ जना संक्षिप्त सूचीमा

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जनाको नाम संक्षिप्त सूचीमा परेको छ ।

अध्यक्ष नियुक्त गर्न गठन भएको सिफारिस समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो ।

आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी पूर्वराजस्व सचिव हुन् । हाल उनी कृषि विकास बैंकका अध्यक्ष छन् । ओझा पत्रकार हुन् ।