Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ६ मंगलबार, ९:०० पूर्वाह्न
अमेरिकाबाट फर्काइए २३ जना नेपाली

कागजात नभएका, अपराधिक कृयाकलापमा संलग्न आप्रवासीलाई अमेरिकाबाट हटाउनेक्रममा नेपालका २३ जना परेका छन् । जसमा १९ जना पुरुष र ४ जना महिला छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेसँगै अमेरिकामा बस्दै आएका आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका थिए । उनको तीन साताको पछिल्लो कार्यकालमा अपराधिक गतिविधि, कागजातविना अमेरिका प्रवेश गरेकासमेतलाई देशबाट निकाल्न थालिएको हो ।

नेपालबाट अमेरिका पुगेका त्यस्ता २३ जनालाई अमेरिकी प्रशासनले त्यहाँ रहेको नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट प्रकृया पुयाएर नेपाल ल्याइएको हो । यसरी आएका व्यक्तिमाथि प्रहरीले अनुसन्धान थालेको छ । मानव बेचबिखनमार्फत उनीहरु अमेरिका पुगेका भए कसरी त्यहाँ पुगे र ककसले पु¥याए, त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।