Advertisement GIF
ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री डा देउवा

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थीको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्री डा आरजु राणाले जनाएकी छन् ।

केआइआइटी विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले सोमबार बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको परराष्ट्रमन्त्री डा राणाको भनाइ छ ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा। देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर तत्काल नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री डा देउवाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा। शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ ।

सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहेका र सोमबार साँझ नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको मन्त्री राणाले जनाएकी छन् । साथै, सोमबार अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि मन्त्री राणाले फोनमा कुरा गरेको र राजदूत श्रीवास्तवले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएका बताइएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ, मन्त्री डा देउवालाई उद्धृत गर्दै उनको सचिवालले भनेको छ ।

(घटना र विचारबाट)