Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ६ मंगलबार, १२:११ अपराह्न
सुनुवार भाषाका ‘दिग्गज’ लोकप्रियको पुस्तक आउँदै

सुनुवार भाषा र साहित्यका ‘दिग्गज’ अर्थात लोकप्रिय सुनुवारको अर्को नयाँ कृति सार्वजनिक हुने भएको छ । ‘केइँचो शेँसै’ सुनुवार भाषा सिकौं नामको यो कृति यसै साता राजधानी अनामनगरमा उहॅाको ७४ औं जन्मदिवसको अवसरमा आनामनगर युनियन हाउसमा विमोचन हुने भएको हो । उहाँका यसअघि सुनुवार भाषा, संस्कृति र साहित्यमा केन्द्रीत आधा दर्जनबढी पुस्तक प्रकाशित भइसकेका छन् ।

२००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुंगामा जन्मनु भएका लोकप्रिय कुइँच सुनुवार भाषा, संस्कृति र संस्कृतिविद्का रुपमा चर्चित हुनुहुन्छ । तीन दशक नेपालको बैकिङ क्षेत्रमा योगदान दिनु भएका लोकप्रिय सुनुवार समाजमा मात्र नभएर नेपालकै लोपोन्मुख भाषा र संस्कृति संरक्षणमा चिनिनु भइरहेको छ ।

सरकारी स्वामित्वको गोरखापत्र संस्थानले सम्पादन गर्ने सुनुवार भाषा पेजको संयोजक भएर दशकअघिदेखि कृयाशील पनि रहिरहनु भएको छ ।