नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका छन् । उनीहरुले बुधबार र बिहीवार देशभरका स्वास्थ्य संस्थामा यस्तो आन्दोलन गर्ने भएका छन् ।
संघले आइतबार ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले दुईवटामात्र माग पूरा भएको भन्दै संघ आन्दोलित भएको हो ।