पाँचथर जिल्लाको फाल्गुनन्द गाँउपालिका– ३ का वडाअध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको नीजि निवास पौवासारतापमा निधन भएको हो ।
केहि बर्षदेखि उनी क्यान्सर रोगसँग लडिरहेका थिए । विभिन्न अस्पतामा उपचार गराएका थिए । ४७ बर्षको उमेरमा उनको निधन भएको हो । उपचारबाट निको हुने सम्भावना कम भएपछि पछिल्लो महिनामा घरमै थिए । २०७४ साल र २०७९ सालमा उनी वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस फाल्गुनन्द गाँउ कार्यसमितिका सभापतिसमेत हुन् । उनी पूर्व भलिवल खेलाडीसमेत हुन् ।
उनको निधनले फाल्गुनन्द गाँउपालिकासहित जिल्लाको राजनीतिमा ठूलो क्षति पुगेको गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।