Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ८ बिहीबार, ९:५३ पूर्वाह्न
प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

भारतमा रहस्यमय हत्या भएकी प्रकृति लम्साललाई उनका ७६ वर्षीय हजुरबुबाले दागबत्ती दिएका छन् । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा मृत्यु भएकी भैरहवाकी लम्साललाई उनका हजुरबुवा देवनाथले दागबत्ती दिएका हुन् । देवनाथ ७६ वर्षीय वृद्ध हुन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । राति भएको दाहसंस्कारमा ठूले संख्यामा मलामी रहेका थिए ।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।