Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ८ बिहीबार, १०:०१ पूर्वाह्न
काभ्रेमा बस दुर्घटना : एक जनाको मृत्यु

काभ्रेको तेमाल गाउँपालिका–३ कुण्डोलमा बस दुर्घटना भएको छ । जन्ती लगेर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट करिव २ सय मिटर तल खस्दा तेमाल– १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।