Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १४ बुधबार, १०:२४ पूर्वाह्न
इलामको जसवीरे चिया उद्योगमा आगलागी

इलाममा रहेको जसवीरे चिया उद्योगमा आगलागी भएको छ । आगलागीले करिव ७ करोड रुपैयाँ क्षति भएको प्रारम्भीक अनुमान छ ।
आगलागीबाट कारखानाको भवन, चिया बनाउने सम्पूर्ण मेसिन मात्र जलेको छैन, बिक्रीका लागि राखिएको करोडौंको चिया खरानी भएको छ । यसबाट करिब ७ करोड रुपैयाँ क्षति पुगेको हो ।

यो उद्योगबाट उत्पादित चिया अमेरिका, डेनमार्क, नेदरल्यान्डलगायतका देशमामा निर्यात हुँदै आएको थियो । उद्योगबाट बर्सेनि ३० हजार किलोसम्म चिया उत्पादन हुन्थ्यो । स्थानीय किसानहरुका लागि पनि सो कारखाना आयआर्जनको मुख्य केन्द्र थियो ।

आगलागीको कारण खुलेको छैन ।