Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १४ बुधबार, ११:४२ पूर्वाह्न
लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ : छोटो टिप्पणी

सुनुवार भाषा र साहित्यका ‘दिग्गज’ अर्थात लोकप्रिय सुनुवारले अर्काे कीर्ति ल्याउनु भएको छ । ‘सुनुवार भाषा सिकौं’ अर्थात कोइँचलो : शैँसै पुस्तक उहाँले ल्याउनु भएको हो ।

यो पुस्तक सृजना स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । यही वर्ष प्रकाशित पुस्तक लोकप्रियकी छोरी मनोरमा सुनुवार (माखिम) जो प्रतिष्ठानकी अध्यक्ष पनि हुनुहुन्छ, उहाँको आवरण पुस्तकको पहिलो पुष्ठ हो । १६० पेजको यो पुस्तकमा सुनुवार भाषा कसरी सिक्ने भनेर उदाहरणसहित प्रस्तुत गरिएको छ । केहीदिनअघि राजधानीको अनामनगर युनियन हाउसमा विमोचन गरिएको पुस्तक सुनुवार जात र उनीहरुको भाषा संरक्षणमा धेरै महत्वपूर्ण र सिकाइमा सहयोगी ब्रन्ने प्रतिष्ठानकी अध्यक्ष मनोरमा सुनुवारले कल्पवृक्षसित बताउनु भयो ।

यो पुस्तकमा नेपालीमा बोलिने भाषा र त्यसको सुनुवार भाषामा कसरी उल्था हुन्छ, भन्ने राम्रो उदाहरणसहित व्याख्या गरिएको छ ।

तीन दशक लेखक लोकप्रियले देशकै बैकिङ क्षेत्रमा योगदान दिनु भएको थियो । अधिवक्तासमेत रहनु भएका उहाँ सुनुवार भाषाविद्का रुपमा परिचित हुनुहुन्छ । उहाँका आधादर्जनबढी भाषा, लिपि र साहित्यका पुस्तक सार्वजनिक भइसकेका छन् । २००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुंगामा जन्मनु भएका लोकप्रिय सरकारी स्वामित्वको गोरखापत्र संस्थानले सम्पादन गर्ने सुनुवार भाषा पेजको संयोजक भएर दशकअघिदेखि त्यो पेजको सम्पादन पनि गर्दै आउनु भएको छ ।