मुगुको रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी भएको छ । आगलागीले चारवटा भवन जलेका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति आगलागी भएको हो ।
आगलागीबाट काठबाट बनाइएका भवन पूरै जलेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको प्रयासपछि आज (बिहीवार) बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागी सुरु भएपछि होटलमा रहेका पाहुनालाई अन्यत्र सारिएको थियो । आगलागीबाट ठूलो क्षति भएको बुझिएको छ ।