Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १५ बिहीबार, ९:५१ पूर्वाह्न
खोटाङमा मृत भेटिए महिला र पुरुष

खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिकामा महिला र पुरुष मृत भेटिएका छन् । बाराहपोखरी– १ को डाँडाखर्क जंगलमा घाँस काट्न गएका २२ वर्षीया सविता विष्ट र १८ वर्षीय शिखर बस्नेत मृत भेटिएका हन् ।

विष्ट विवाहित हुन् भने बस्नेत अविवाहित । उनीहरुको हत्या भएको आशंकासाथ प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । महिला मृत र त्यसको केहीतल बस्नेत झुण्डिएको अवस्थामा फेला परेका थिए ।