आज (बिहीवार) बाट पानी पार्ने प्रणाली नेपाल भित्रदै छ । यो वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा भएको छ । अब भित्रने यो प्रणालीले पानी पार्ने मौसमविद्हरुको भनाइ छ ।
पश्चिमबाट भित्रने यो प्रणाली भोलि (शुक्रबार) कोशी प्रदेशसम्म पुग्ने अनुमान गरिएको छ । राजधानीमा पनि वर्षा हुने अनुमान गरिन्छ । देशका पहाडी र हिमाली क्षेत्रमा अधिक वर्षा हुने मौसमविद्हरुको भनाइ छ ।