काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आज (बिहीवार) बाट सुरू भएको छ । यो सम्मेलन दुई दिन चल्ने छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधि सहभागी भएका छन् । यो सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ ।’