Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १६ शुक्रबार, ९:१६ पूर्वाह्न
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प : क्षति विवरण संकलन जारी

आज (शुक्रबार) विहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको र भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

भूकम्पले भोटेकोसी गाउँपालिका– ३ तुसारेमा सुख्खा पहिरो गएको छ । प्रशासन कार्यालयका अनुसार उद्धारका लागि सुरक्षाकर्मी परिचालित भइसकेका छन् । अहिलेसम्म त्यो क्षेत्रमा ट २३ वटा परकम्प गइसकेका छन् ।