Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १६ शुक्रबार, ९:४३ पूर्वाह्न
भारतको बिहार र पश्चिम बंगालसम्म भूकम्पको धक्का

आज (शुक्रवार) बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको धक्का भारतमा पनि महसुस गरिएको छ । भारतका पटना र बिहार आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमहरू समाचार लेखेका छन् । यो भूकम्पको धक्का पश्चिम बंगालको उत्तरी क्षेत्र, सिलगुढीमा महसुस गरिएको बुझिएको छ ।