पूर्व युवराज पारस शाहलाई हदृयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारसलाई आइतबार बेलुका हृदयघात भएको थियो । उनलाई तत्काल थापाथलीको नर्भिक अस्पताल लगेर भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएाके छ । एन्जियो प्लास्टिक गरिएको र पछिल्लो अवस्था खतरामुक्त रहेको नर्भिकका एक चिकित्सकले जानकारी दिए ।
पारसलाई यो चौथो हृदयघात हो । पूर्व राजपरिवारको वंशानुगत नै हृदयघातको समस्या देखिने गरेको छ । उनलाई तीनदिनसम्म निगरानीमा राखेर उपचार गर्ने कार्यतालिका अस्पतालले बनाएको बुझिएको छ ।