Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १९ सोमबार, ५:१० अपराह्न
विराटनगरमा चाँदनी हत्या : आमासहित छ जना कारागार चलान

मोरङको विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा उनकै आमाबुबासहित छ जना संलग्न भएको आरोपमा अदालतले कारागार चलान गरेको छ ।

हत्या आरोपमा आमा ३५ वर्षीया राजकुमारी यादव, बुबा लालमोहन, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल र माइजू जानकीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला न्यायाधीश मनिराम ज्ञवालीको इजलासले यस्तो फैसला सुनाएको अदालतले जनाएको छ ।

यो हत्याको कारण खुल्न सकेको छ । यी छ जनालाई नै प्रहरीले यसअघि नै पक्राउ गरेर हिरासतमा राखेको थियो ।