सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाइएको छ । संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट, नुवाकोटका सीडीओ रामकृष्ण अधिकारी गृह मन्त्रालय पुगेका छन् ।
धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको प्रजिअ बनेका छन् ।