सिरहाकी किशोरी रिंकुकुमारी सदायको हत्या प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी र उनीले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।