सरकारले (हिजो) बुधबार सचिवमा पदोन्नति गरेका डा विकास देवकोटाले आज (बिहीबार) नै बहाली गरेका छन् । डा देवकोटालाई बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव बढुवा गरेको थियो ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका उनी डा रोशन पोखरेलले यही फागुन १२ गते अवकास पाएपछि रिक्त रहेको सचिव पदमा बढुवा भएका हुन् । मन्त्रालयका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम पनि सचिवमा सिफारिस गरिएको थियो देवकोटा भन्दा करिव दुई साताअघि डा मिश्र बढुवा भएकीले उनी नै सचिव बन्नु पर्छ भनेर मधेशी समुदाय र मधेशी दलका नेताले लबिङ गर्दै आएका थिए । तर, स्वास्थ्य मन्त्री प्रदीप पौडेलको चाहनानुसार डा देवकोटा सचिव बनेको चर्चा बजारमा छ ।