Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २२ बिहीबार, ४:०१ अपराह्न
भारतले बिजुली दिएपछि नेपालमा लोडसेडिङ अन्त्य

 

ऊर्जामन्त्री दीपक खड्काले भारतले बिजुली दिएपछि नेपालमा लोडसेडिङ अन्त्य भएको गर्विलो तर्क संघीय संसदमा पेश गरेका छन् । उनले नेपालमा लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने पनि बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए । भारतलाई ‘४ सय मेगावाट बिजुली आवश्यक रहँदा पनि नेपाललाई भारतले ४५० मेगावाट खरिद गर्न दिनुनै नेपालमा लोडसेडिङ नहुनु हो । यसको श्रेय प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अझैसम्म लिँदै र त्यसकै नाममा अकुत सम्पत्ति कमाउने गरेको धेरैलाई जानकारी नै छ ।