राजधानीको टेकुमा एक ढलभित्र छिरेका युवाको प्रहरीले उद्धार गरेको छ । टेकुमा रहेको कनक पेट्रोल पम्प नजिकको ढलभित्र युवा छिरेका थिए । तीयुवालाई प्रहरकिो विपद् व्यवस्थापन महाशाखा, सामाखुसीको टोलीले उद्धार गरेको हो । करिव ३० वर्षीय ती युवाको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उद्धार गरिएका व्यक्ति मानसिक रोगी रहेको बताइन्छ ।