Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २५ आइतबार, ४:४४ अपराह्न
पाँचथर समाज, नेपालको अध्यक्षमा लक्ष्मीराज तावा

पाँचथर समाज, नेपालको पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा भएको अधिवेशनले लक्ष्मीराज तावाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्षमा भूमिका लिम्बू, उपाध्यक्षहरुमा सुनिता कुरुङमाङ, वाशुदेव अधिकारी, देवि काफ्ले, शान्ता बास्कोटा र दिलिप आङ्बो छन् । महासचिव हर्क दाहाल, सचिव खिम सेलिङ र रामकाजी बान्तवा, कोषाध्यक्ष निषा तुम्बापो सेन्दाङ, सहकोषाध्यक्षमा कमलचन्द्र तामाङ निर्वाचित भए । समितिमा आठ जना सदस्य रहेका छन् ।