राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा शक्ति प्रदर्शनको तयारी गरेपछि त्रिभुवन विमानस्थलवरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज (आइतवार) दिउँसो करिव ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनको स्वागत गर्दै निर्मल निवाशसम्म प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।
एयरपोर्ट प्रवेशमा कर्मचारी र हवाई यात्रुवाहेकलाई प्रवेशमा रोक लगाइएको छ भने कोटेश्वर र गौशाला क्षेत्रबाट गाडीहरु डाइभर्ट गरिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी (प्रहरी उपरीक्षक) अपिलराज बोहोराका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका २ हजार ४ सय सुरक्षाकर्मी परिचालित छन् । प्रहरीले काठमाडौंका सबै क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।