पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । समिट एयरको जहाज चर्टड गरेर उनी राजधानी आइपुगेका हुन् । राप्रपा, राप्रपा नेपाल र राजावादी समूहहरुले उनको स्वागत गर्ने ठूलो संख्यामा आफ्ना कार्यकर्तालाई सहभागी गराएको छ । अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा राजाको पक्षमा नारावाजी भइरहेको छ भने पूर्वराजालाई यो समूहले स्कर्टिङ गर्दै शितल निवाश पु¥याउने तयारी छ ।