नेपाली सेनाको मध्यपश्चिम पृतना क्षेत्रका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यममा आबद्ध १९ जना सञ्चारकर्मीलाई रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । चार दिनसम्म चल्ने यो अभिमुखिकरण पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले सुभारम्भ गरे । अभिमुखिकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका विषयमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।