Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २६ सोमबार, १:३२ अपराह्न
प्याब्सन अध्यक्ष : कृष्ण अधिकारी निर्विरोध

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनको १६ औं महाधिवेशनमा अधिकारी निर्विरोध भएका हुन् । पूर्व अध्यक्ष टिका पुरीले अध्यक्ष बन्ने घोषणा गरेका थिए । तर, पछिल्लो समय उनले छोडेपछि अधिकारी सर्वसम्मत भएका हुन् । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।