नेकपा (माओवादी केन्द्र) ले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । गणतन्त्र र संविधान रक्षाका लागि प्रदर्शन गर्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीले आइतबार (हिजो) पूर्व राजाको स्वागतका नाममा शक्ति प्रदर्शन गर्दा ठूलो संख्यामा उपस्थिति थियो । गणतन्त्रविरोध समूह सक्रिय हुन थालेको भन्दै माओवादीले गणतन्त्र पक्षधरलाई समेटेर प्रदर्शन गर्न लागेको जनाएको छ ।
शक्ति प्रदर्शन कहिले गर्ने भन्ने निर्णय भने भइसकेको छैन । माओवादी नेताहरुका अनुसार गणतन्त्र पक्षधर सबै पक्षलाई समेट्ने तयारी छ । माओवादीको शक्ति प्रदर्शनमा नेकपा एमाले र नेपाली काङ्ग्रेस भने सहभागी हुने छनक देखिएको छैन ।