राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविशरण लामिछानेले उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका छन् । जिल्ला अदालत रूपन्देहीको आदेश बदरको माग गर्दै उनी पुनरावेदन पुगेका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराधमा जिल्ल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । उनी धरौटी बुझाएर गत माघ १३ गते छुटेका थिए ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै मुद्दा दर्ता भएको थियो ।