काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहज बनेको छ । यहाँको वायु अति अस्वस्थकर देखिएको हो । वायु मापन ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) काठमाडौंको १ सय ९७ रहेको छ । विश्वमा पहिलो प्रदूषित सहरमा भियतनाम र दोस्रोमा भारतको नयाँदिल्ली रहेका छन् । भियतनामको २ सय ३८ र भारतको २ सय २ एआइक्यु छ । वायुको गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु स्वस्थकर, एक्यूआई १ सय १ देखि १ सय ५० सम्म अस्वस्थ कर र एक्यूआई २ सय १ देखि ३ सयसम्म अति अस्वस्थकर र त्यो भन्दा माथि भएमा खतरनाक मानिन्छ ।