Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २६ सोमबार, ४:०६ अपराह्न
राप्रपाले बुझायो एक लाख जरीवाना

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना बुझाएको छ ।

हिजो (आइतबार) पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि निकालिएको र्‍यालीपछि सडकमा फोहोर गरेको र बिरुवाहरु भाँचिएका, भौतिक संरचनामा क्षतिसमेतका कारण देखाएर महानगरले जरीवाना घोषणा गरेको थियो ।

महानगरका अनुसार। राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेता महानगर कार्यालय, कमलादी पुगेर जरीवाना बुझाएका हुन् ।