Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २६ सोमबार, ५:३६ अपराह्न
दुर्गाराजको पुस्तक ‘नयाँ च्याम्पियन’

शिक्षण पेशामा आवद्ध दुर्गाराज भट्टराईले ‘नयाँ च्याम्पियन’ कथा संग्रह ल्याएका छन् । फुटकर रुपमा कथा, कविता र लेखहरु लेख्दै आएका उनको यो पहिलो कृति हो । साहित्यप्रतिको लगावकै कारण आफूले पुस्तक लेखेको भट्टराईको भनाइ छ ।

शिखा बुक्सले प्रकाशन गरेको यो संग्रह यसै वर्ष अर्थात २०८१ मा बजारमा आएको हो । १६ वटा कथा भएको संग्रहमा संसारकै सबैभन्दा छोटो कथा भएको दावी गरिएको छ । ‘समीकरण’ शीर्षकको यो कथामा २० शव्द रहेका छन् ।

समीकरण कथा यस्तो छ, ‘उसकी स्वास्नी र म बजार गयौं । पछि थाहा भयो, त्यस दिन मेरी स्वास्नी र ऊ घाँस गएछनन् ।’
यस्तै लामो कथाको रुपमा ‘शेवारो’ छ । यो कथा ५८ पृष्ठको छ । सेवारो लिम्बू भाषा भाषीले प्रयोग गर्ने आदरार्थी शव्द हो । अर्थात नेपाली भाषामा नमस्ते, नमन भनेजस्तै लिम्बू समुदायले सेवारो शव्द प्रयोग गर्छन् ।

यो संग्रहमा समीकरण, सेवारोवाहेक लघुकथाको लम्बाइ, विश्वासको विश्राम, कस्तुरीको मृत्यु र खडेरी रहेका छन् । यस्तै पराधीन मान्छे, कल्पवृक्ष, राँगाको विभाजन, जादु र उत्पादकत्व, डा केसीको अन्तरवार्ता, ध्रुव र कुटिलता, आस्थापीडा, नयाँ चेम्पियन, शत्रुसँग अन्तिम रात र थिग्रो रहेका छन् । २ सय ३८ पृष्ठको संग्रहको मूल्य साढे पाँच सय राखिएको छ ।