विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध खनिएका छन् । यही फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र आउँदा गरिएको स्वागत र ¥यालीप्रति राप्रपा र राप्रपा नेपालले जस लिएको भन्दै प्रसाईँ उनीहरुविरुद्ध आक्रोसित भएका हुन् ।
‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो,’ भक्तपुरस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुपर्यो हामीसँग मिल्नुपर्यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ।’