प्रहरी परिसर ललितपुरले यस वर्ष २०८१ को होली सभ्य र मर्यादित भएर खेल्न जिल्लावासीमा आग्रह गरेको छ । परिसरले एक सूचना जारी गर्दै मानिसहरुको ईच्छाविपरीत रङ दल्ने, पानी छ्याप्नेजस्त अमर्यादित काम नगर्न आग्रह गरेको हो । विगत केही वर्षदेखि भने प्रहरीको सक्रियताका कारण होली असभ्यबाट सभ्य बन्दै गएको पाइन्छ ।