Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २७ मंगलबार, ४:११ अपराह्न
ताप्लेजुङ केबुलकार : देस्रो चरणको आन्दोलन घोषणा

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका संघसंस्था र समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । पाथिभरा (मुक्कुमलुङ) संरक्षण र केबलकार खारेजको माग टुंगोमा नपुगेसम्म वार्तालाई खुला राख्दै आन्दोलनलाई सँगसँगै अघि बढाइएको पहिचान पक्षधर पक्षको भनाइ छ ।

ती संघसंस्था र समूहद्वारा जारी विज्ञप्तिमा धार्मिक, सांस्कृतिक र पर्यावरणीय मुक्कुमलुङ संरक्षणका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाइएको छ । दोस्रो चरणको आन्दोलनमा कोशीका १४ वटै जिल्ला तथा काठमाडौं उपत्यकामा भेला, छलफल तथा जागरण अभियानलगायत कार्यक्रम तय गरिएका छन् । आन्दोलनरत संघ संस्थाले सिंहदरबार घेराउ, फोटो प्रदर्शनी र आमसभाजस्ता कार्यक्रम गरिने बताएका छन् ।