राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले मुद्धा जितेकी छन् । उनीलाई निर्वाचन आयोगले साढे २ वर्षअघि संघीय संसदमा उमेद्वार बन्दा उमेद्वारी खारेज गर्ने निर्णय गरेको थियो ।
त्यसपछि सर्वोच्च पुगेकी डा कार्कीलाई यथास्थितिमा राख्न सर्वाेच्चले आदेश दिएपछि उनको पद कायम थियो । सर्वाेच्चका न्यायाधीशहरू डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय खारेज गरेपछि उनीको सांसद पद सुरक्षित रहेको छ ।