Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २७ मंगलबार, ४:५० अपराह्न
किरण केसी र दीपाश्रीको म्युजिक भिडियोमा रोमान्स

पुराना कलाकार किरण केसी र दीपाश्री निरौलाले एक म्युजिक भिडियोमा रोमान्स गरेका छन् । ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ बोलको गीतमा बनेको भिडियोमा उनीहरुले रोमान्स गरेका हुन् ।

राजधानीको अनामनगर युनियन हाउसमा भिडियोको मंगलबार (आज) सार्वजनिक गरियो । प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा बनेको गीतको भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । श्याम महर्जनको संगीत, दिपक गिरीको छायाङ्कन रहेको यो भिडियो राजधानी काठमाडौं गोकर्णको सहिद पार्कमा छायाङ्कन गरिएको छ ।

यो म्युजिक भिडियो मेला रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।