Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बुधबार, १:०४ अपराह्न
सर्लाहीमा ठूलोमात्रामा नक्कली नोट बरामद : पाँच जना पक्राउ

सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा ठूलोमात्रामा नक्कली नोट बरामद भएको छ ।

मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट १ लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको हो । बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलबाट भारतहुँदै नेपाल प्रवेश गर्ने पाँच जनाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर र रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन् ।