पाकिस्तानको बलुचिस्तान प्रान्तमा रेल अपहरण गर्ने १६ जना अपहरणकारी मारिएका छन् । १ सय ४ जना यात्रीलाई अपहरणमुक्त गरिएको छ । हिजो (मंगलबार) हतियारधारी समूहले आक्रमण गर्दै रेलमा सवार यात्रुहरुलाई अपहरण गर्दै बन्धक बनाएका थियो। अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले अपहरणको जिम्मा लिएको छ ।
अपहरणको सूचना पाएपछि पाकिस्ताको सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो । रेलमा ९ वटा ९ डब्बा रहेको र त्यहाँ ४ सयबढी यात्रु थिए । हतियारधारी समूहले रेलको लिक भत्काएर रेल रोक्दै यात्रुलाई अपहरण गरेका थिए ।