Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बुधबार, २:४८ अपराह्न
महेन्द्र मोरङ क्याम्पस : प्रहरीले फोड्यो ताला

मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा डा शेखर कोइराला निकट नेपाल विद्यार्थी संघको समूहले लगाएको ताला प्रहरीले फडेको छ । यो समूहले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यालयमा आगजनी गर्दै तालाबन्दी गरेको थियो ।

कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै आज (बुधबार) दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको थियो । यो समूहले लगाएको ताला केही समयपछि प्रहरीले फोडेको हो । स्ववियु निर्वाचनमा नेविसंघबाट संस्थापन पक्षका प्रज्वल विष्ट र डा कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका छन् ।