नेपाल शिक्षक महासंघले आज (बुधबार) नेकपा एमालेको मुख्यालय ललितपुरको च्यासलमा धर्ना दिएको छ । आन्दोलनमा रहेका शिक्षकहरु पार्टी मुख्यालयमा दुई घण्टा धर्नामा बसेका हुन् । यो समूहले मंगलबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिएको थियो ।
विद्यालय शिक्षा ऐन छिटो पारीत गर्न महासंघले माग गर्दै अएको छ । आगामी चैत्र ५ गतेसम्म राजनीतिक दलका कार्यालयमा धर्ना र सांसदहरूसँग भेट्ने, ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र २० बाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने तयारी गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो ।