Advertisement GIF
नेपालमा राजसंस्था पुनः स्थापना भारतको हितमा हुँदैन : पूर्व राजदूत रञ्जित रे

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले नेपालमा राजसंस्था पुनः स्थापना भारतको पक्षमा नरहने बताएका छन् । उनले भारतको एक टेलिभिजन कार्यक्रममा ‘टक शो’ मार्फत यस्तो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘नेपालमा राजसंस्था फर्किनु भारतका लागि अनुकूल हुँदैन, विगतमा भारतको राजसंस्थासँग राम्रो सम्बन्ध रहेन।’

रे नेपालका लागि भारतीय राजदूत हुँदा भारतले नेपालमाथि नाकाबन्दी लगाइएको थियो। पूर्व राजदूत रेले ‘काठमाडौं डेलीमा’ पुस्तक लेखेका छन् । रेले टक शोमा राजा ज्ञानेन्द्रलाई निरंकुश शासक भएको बताए ।