Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बुधबार, ३:५७ अपराह्न
पाँचथर समाज, नेपालको पदबहाली र कार्य विभाजन

पाँचथर समाज, नेपालको पाँचौ अधिवेशनबाट निर्वाचित नेतृत्वले आज (बुधबार) पदबहाली गरेको छ । निर्वाचित नेतृत्वलाई निर्वाचन समितिका संयोजक गणेशप्रसाद भण्डारीको अनुपस्थितिमा समितिका सदस्य हेटनारायण रम्तेलले सफथ खुवाउनु भयो ।

गत साता अधिवेशनले लक्ष्मीराज तावाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्षमा भूमिका लिम्बू, उपाध्यक्षहरुमा सुनिता कुरुङमाङ, वाशुदेव अधिकारी, देवि काफ्ले, शान्ता बास्कोटा र दिलिप आङ्बो रहनु भएको छ । महासचिव हर्क दाहाल, सचिव खिम सेलिङ र रामकाजी बान्तवा, कोषाध्यक्ष निषा तुम्बापो सेन्दाङ, सहकोषाध्यक्षमा कमलचन्द्र तामाङ निर्वाचित हुनु भयो । धनकुमार काम्बाङ, नेत्रविक्रम योङहाङ, मानवहादुर आङबो, बद्री हिम्बाङ, विन्देश्वर खनाल, मन्दिप कार्की र दुर्गा आङ्देम्बे सदस्य रहनु भएको छ ।

समितिको पहिलो वैठकले आठ वटा विभाग गठन गरेको छ । भवन निर्माण समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष भूमिका नेम्बाङ, अनुशासन विभागको संयोजकमा उपाध्यक्ष्य वाशुदेव अधिकारी, सांस्कृतिक विभागको संयोजकमा उपाध्यक्ष्य सुनिता कुरुङमाङ, दैविप्रकोप तथा विपद् व्यवस्थापन विभागको संयोजकमा उपाध्यक्ष देविप्रसाद काफ्ले, विदेश विभागमा उपाध्यक्ष शान्ता बाँस्कोटा र प्रचार प्रसार तथा प्रकाशन विभागमा उपाध्यक्ष दिलिप आङबोलाई जिम्मेवारी दिएको छ । यस्तै संगठन विभाग संयोजकमा महासचिव हर्कवहादुर दाहाल र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष निशा तुम्बापो सेन्दाङ तोकिनु भएको छ ।

समाजले संरक्षक र सल्लाहकार समिति पनि गठन गरेको छ । संरक्षकमा पाँचथरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पूर्वमन्त्री तथा सांसद बसन्तकुमार नेम्बाङ, संविधानसभा सदस्य भिष्मराज आङदेम्बे, विशिष्ट सल्लाहकार प्राज्ञ तिलविक्रम नेम्बाङ (वैरागी काँइला), प्राडा युवराज संग्रौला, डम्बरसिंह सम्बाहाम्फे, दिपकप्रकाश बाँस्कोटा, सल्लाहकार समितिमा निर्वतमान अध्यक्ष होमकुमार लावती, पूर्व न्यायाधीश भिमकुमार ओझा, पूर्व राजदूत कान्ता रिजाल र पूर्व कार्यवहाक राजदूत यादव खनाल, भीमवहादुर तावा र नरेश बाँस्कोटा रहनु भएको छ । कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता विष्णु लुइटेललाई मनेनयन गरिएको छ ।

भवन निर्माण समितिमा एक सयभन्दा बढी सदस्य रहने अध्यक्ष तावाले वताउनु भयो । समाजले यही नेतृत्वको कार्यकालमा राजधानीमा जग्गा खरिद गर्दै भवन निर्माण गर्ने निर्णय गरेको हो । जसका लागि पाँचथरबाट राजधानी आएका विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ । यस्तै विदेशमा रहने पाँचथरेलाई पनि भवन निर्माणमा सहयोग गर्न आग्रह गरिएको अध्यक्ष तावाको भनाइ छ ।

समाजमा अन्तरािष्ट्रय समन्वय समिति रहने विधानमा व्यवस्था छ । समाजमा नयाँ नेतृत्व आएपछि अन्तराष्ट्रिय समन्वय समिति नयाँ गठन गरिने योजना रहेको बताइन्छ ।